२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनोबेलमा स्त्रीराेगजन्य सबै क्यान्सरको शल्यक्रिया सुरू

नोबेलमा स्त्रीराेगजन्य सबै क्यान्सरको शल्यक्रिया सुरू


विराटनगर– विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा स्त्रीरोग सम्बन्धि सबैखाले क्यान्सरको शल्यक्रियाबिधीबाट उपचार सुरू भएको छ । अस्पतालमा स्त्रीरोग

सम्बन्धि सबै किसिमका शल्यक्रियासहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन हुन थालेको हो ।
सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले विशेषज्ञ चिकित्सकको व्यवस्था गरेको छ । विगत २६ बर्ष यता विभिन्न अस्पतालमा स्त्रीरोग बिशेषज्ञको रुपमा कार्यरत बरिष्ठ डा.गेहनाथ बराललाई पनि नोबेलले भित्र्याएको छ ।

डा.बरालसहित नोबेलका बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.शान्ति सुवेदीसहितको टिमले सबै किसिमका स्त्रीरोगको उपचार गर्दै आएका छन् ।

सम्पूर्ण स्त्रीरोगको उपचार तथा अप्रेशनसहित स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि अप्रेशन थालिएको नोबेलका स्त्रीरोग बिशेषज्ञ डा. बरालले जानकारी दिए । ‘नोबेलमा पहिले पनि धेरै किसिमका स्त्रीजन्य समस्याको उपचार र अप्रेशन हुँदै आएको थियो,’ उनी भन्छन्, ‘अब सबै स्त्रीजन्य समस्याको उपचारका साथै स्त्री यौनाङ्गहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेका छौँ ।’

डा.बरालका अनुसार आङ खस्ने, पिसाब चुहिने तथा फिस्टुला, पाठेघर लगायतका सबै स्त्रीरोग क्यान्सरको अप्रेशन पनि सुरु गरिएको हो । गुणस्तरीय र सर्वसुलभ उपचार सेवालाई प्राथमिकता दिँदै आएको नोबेलले स्तरीय चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर जटिल तथा दुर्लभ उपचार पनि सफलतापूर्वक गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ