२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमितको उपचारबापत काठमाडौंका ८ निजी अस्पतालले सरकारबाट बुझे पैसा

कोरोना संक्रमितको उपचारबापत काठमाडौंका ८ निजी अस्पतालले सरकारबाट बुझे पैसा


काठमाडौं—काठमाडौंका ८ वटा निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भएको छ । असार मसान्तसम्म स्वास्थ्य मन्त्रालयमा बुझाइएको तथ्यांकमा ८ निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गरेको उल्लेख छ । जसवापत उनीहरुले २३ लाख ३ हजार बुझेका छन् ।

जसमा सबैभन्दा बढी काठमाडौं मेडिकल कलेजमा २८ जना कोरोना संक्रमितको उपचार भएको छ । अस्पतालले २८ जनाको १४ दिन राखेर उपचार गरेबापत दैनिक ३ हजार ५ सयका रुपैयाँका दरले १३ लाख ७२ हजार रुपैयाँ स्वास्थ्य मन्त्रालयबाट जोखिम भत्ताका रुपमा बुझेको छ ।

त्यसैगरी, चिरायु अस्पतालले २७ जना कोरोना संक्रमितलाई तीन दिन राखेर उपचार गरेको छ । जसवापत उसले २ लाख ८३ हजार ५ सय रुपैयाँ जोखिम भत्ता लिएको छ ।

इमाडोलमा रहेको किष्ट मेडिकल कलेजले ७ जना कोरोना संक्रमितलाई ५ दिन राखेर उपचार गरेको छ । जसवापत उसले १ लाख २२ हजार ५ सय रुपैयाँ जोखिम भत्ता लिएको छ ।

अत्तरखेलस्थित नेपाल मेडिकल कलेज प्राइभेट अस्पतालले १० जनालाई ५ दिन राखेर उपचार गरेवापत १ लाख ७५ हजार रुपैयाँ जोखिम भत्ता मन्त्रालयबाट बुझेको छ ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले २ जना कोरोना संक्रमितलाई ५ दिन उपचार गरेको ३५ हजार रुपैयाँ जोखिम भत्ता लिएको छ ।

त्यस्तै, जावलाखेलस्थित अल्का अस्पतालले पनि २ जनालाई ५ दिन राखेर ३५ हजार नै बुझेको छ ।

ग्वार्कोस्थित वीएण्डबी अस्पतालले ६ जना कोरोना संक्रमितलाई ५ दिन अस्पतालमा राखेर उपचार गरेको १ लाख ५ हजार बुझेको छ ।

भैसैपाटीस्थित मेडिसिटी अस्पतालले १० जनालाई संक्रमितलाई ५ दिन राखेर उपचार गरेको छ । उसले त्यसवापत १ लाख ७५ हजार रुपैयाँ बुझेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ