२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ९ सहित १५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ९ सहित १५० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ९ जनासहित थप १५० जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५० जना कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ८ जना र ललितपुरमा १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १५० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । जसमध्ये सक्रिय केसको संख्या ५ हजार ४ सय ७७ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ६०९ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ जना रहेका छन् ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला धरान—झापाका २ जना, सर्लाहीका १ जना र उदयपुरका ८ जना

कोशी अस्पताल प्रयोगशाला— इलामका २ जना, सप्तरीका १ जना

प्रादेशिक प्रयोगशाला विराटनगर—मोरङका ३ जना

प्रादेशिक प्रयोगशाला जनकपुर—धनुषा २९ जना, महोत्तरीका १३ जना

नारायणी अस्पताल प्रयोगशाला— पर्साका २ जना

भरतपुर अस्पताल प्रयोगशाला— चितवनका ४ जना

हेटौडामा प्रयोगशाला— मकवानपुरका ५ जना

धुलिखेल अस्पताल प्रयोगशाला— काभ्रेका १ जना, रामेछापका २ जना

पाटन अस्पताल प्रयोगशाला— सर्लाहीका १ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला—चिवतनका १ जना, काठमाडौंका ८ जना, कैलालीका १ जना, महोत्तरीका १ जना, नुवाकोट १ जना र सर्लाहीका १ जना

स्टार अस्पताल प्रयोगशाला— ललितपुरका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला पोखरा— गोरखाका ३ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा— म्याग्दीका ३ जना, स्याङजाका ३ जना र बाग्लुङका ३ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही—नवलपरासीका १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज— बाँकेका ३ जना, दाङका ३ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला—दैलेखका १ जना र सल्यानका १ जना

दैलेख प्रयोगशाला— दैलखका ९ जना

चौरजहारी प्रयोगशाला—सल्यानका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला— डोटीका ४ जना,

सेती प्रादेशिक अस्पताल प्रयोगशाला—कैलालीका ३ जना, बझाङका ४ जना र कन्चनपुरका २० जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ