२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब विदेशबाट आएकाहरू होम क्वारेन्टाइनमा बस्न पाउने (हेर्नुहोस् मापदण्ड)

अब विदेशबाट आएकाहरू होम क्वारेन्टाइनमा बस्न पाउने (हेर्नुहोस् मापदण्ड)


काठमाडौं– अबदेखि विदेशबाट आएका नेपाली नागरिकले होम क्वारेन्टाइनमा बस्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आइतबार होम क्वारेन्टाइन सम्बन्धी बनाएको नयाँ मापदण्डले विदेशबाट आएका नागरिकलाई सिधै घरमा गएर बस्न पाउने व्यवस्था गरेको हो ।

यसअघि विदेशबाट आएका नागरिकले एक हप्ताभित्र गरेको पिसिआर रिपोर्ट देखाएमात्र होम क्वारेन्टाइनमा जान पाउँथे नत्र सरकारले तोकेको होल्डिङ सेन्टर या क्वारेन्टाइनमा १४ दिन बसेपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर जान पाउने व्यवस्था थियो ।

सरकारले बनाएको नयाँ मापदण्डमा नेपाल फर्केको व्यक्तिले होम क्वारेन्टाइनमा बस्ने इच्छा गरेमा स्थानीय तहको सहमति र प्रत्यक्ष निगरानीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने उल्लेख छ ।

यसरी घरमा बस्दा छुट्टै कोठा हुनुपर्ने, शौचालय छुट्टै हुनुपर्ने, अन्य व्यक्तिसँग भेटघाट गर्न नपाइने जनाइएको छ ।

यसैगरी घरपरिवार वा आफन्तसँग २ मिटर दूरी अनिवार्य कायम गर्नुपर्ने, मेडिकल मास्क वा तीन तहको कपडाको मास्क अनिवार्य प्रयोग गरी सामाजिक दूरी कायम गरेर मात्र परिवारका सदस्यहरुसँग भेटघाट गर्ने, क्वारेन्टाइन अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनेजस्ता नियमहरु स्वास्थ्य मन्त्रालयले राखेको छ ।

हेर्नुहोस् मापदण्डको पूर्णपाठ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ