२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउनको अवधि आजबाट सकिने सरकारको घोषणा

लकडाउनको अवधि आजबाट सकिने सरकारको घोषणा


काठमाडौँ – सरकारले लकडाउनको अवधिको अन्त्य गर्ने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताबमा आज राति १२ बजे पछि लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन्।

कोरोना जोखिमका कारण गत चैत्र ११ गते देखि लगाइएको बन्दाबन्दी संक्रमणको संख्या न्यून भएको भन्दै सरकारले अन्त्य गर्ने निर्णय गरेको हो। प्रवक्ता डा. खतिवडाका अनुसार सुरक्षाको निम्ति मास्क, स्यानिटाइजर र सामाजिक दुरी कायम राख्दै कार्यालय, होटेल, रेस्टुरेन्टहरु संचालन गर्न सकिनेछ। ‘शैक्षिक सँस्था, भेला, सेमिनार, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिक स्थलमा भने अझै प्रतिबन्ध कायमै छ ।, ‘उनले भने, ‘ कोरोनाको जोखिम घट्दै गएको हुँदा सरकारले स्वरूप बदल्दै यस्तो निर्णय लिएको हो ।’

त्यस्तै, कोभिड १९ नियन्त्रण तथा रोकथाम उपचार सम्बन्धि अन्य उपचार सेवा भने  यथावत नै रहने उनले बताए। यसैगरी अन्तर्राष्ट्रिय तथा निजी उडान र लामो दुरीको सार्वाजनिक यातायात पनि भाद्र १ गतेबाट सुचारु हुने भएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ