२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसम्झौता विपरित करार थप गर्न मानव अंग प्रत्यारोपण केन्द्रका ३५ नर्सको दबाव

सम्झौता विपरित करार थप गर्न मानव अंग प्रत्यारोपण केन्द्रका ३५ नर्सको दबाव


काठमाडौं—शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत ३५ जना स्टाफ नर्सले नियम विपरित करार सम्झौता थप गर्न दबाब दिएको पाइएको छ । विगतमा लोकसेवाको दरबन्दी नहुँदा केन्द्रले लोकसेवाबाट नआउँदासम्मका लागि भनी ३५ जना स्टाफ नर्स करारमा नियुक्त गरेको थियो ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा नेपाल सरकारबाट स्वीकृत नर्सको दरबन्दी ९६ जना रहेको छ । सो दरबन्दीअनुसारका कर्मचारी लोकसेवाबाट आएपछि केन्द्रले करार सम्झौता सकिएको बताएपछि नर्सहरुले विरोध गर्न थालेका छन् ।

केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले उनीहरुको सम्झौता सकिएपनि कोभिड—१९ को समयमा निकाल्न उपयुक्त नभएको भन्दै चैत मसान्तमा तीन महिनाको करार म्याद अन्तिम पटक थपेका थिए ।

चैत मसान्तमा करार सकिए तापनि नर्सहरुलाई कोरोना रोगको समयमा ३ महिनाको लागि थपिएको करार गत असार मसान्तमा सकिएको छ । सो सम्झौतामा ३५ नर्सहरुले पनि सहमति जनाएका थिए ।

तर, पुन अहिले आएर निकाल्न नमिल्ने भन्दै विरोध गर्न थालेका छन् । स्वीकृत दरबन्दीअनुसारका ९६ जना नर्स हाल केन्द्रमा नियमित काममा छन् ।

कोरोना महामारीका बेला बिना काम बस्न नपरोस भनेर स्वास्थ्य तथा जनसंख्या मंत्रालयले १८ जना करारका नर्सहरुलाई सोही अस्पतालमा र बाँकी १७ जनालाई आफ्नै मातहतका काठमाडौंकै अन्य अस्पतालहरुमा स्थानान्तरण गरि अर्को ३ महिना करार थप गर्ने बताएको छ । तर, ती नर्सहरुले भने सबैको करार सोही अस्पतालमा निरन्तर हुनुपर्ने माग राखेर विरोध गर्न थालेपछि अस्पताल प्रशासनलाई अप्ठ्यारो अवस्था सिर्जना भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ