२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलायन्स क्लबद्धारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई ८ सय भिटिएम किट प्रदान

लायन्स क्लबद्धारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई ८ सय भिटिएम किट प्रदान


जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अन्तराष्ट्रिय लायन्स क्लबले भिटिएम किट प्रदान गरेको छ । लायन्स क्लब जुम्लाका अध्यक्ष गणेश रोकायाले बुधबार प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेलाई ८ सय थान भिटिएम किट प्रदान गरेका हुन् ।

लायन्स क्लवका अध्यक्ष रोकायाका अनुसार फैलिँदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सहज होस् भनेर प्रतिष्ठानलाई क्लबले भिटिएम किट प्रदान गरेको हो । उनले भने ‘क्लबले यस्तै विभिन्न सामाजिक सेवामुखि काम गर्दै आएकाले कोरोना भाइरस परीक्षण गर्नका लागि स्वाब संकलनमा सहजता पु¥याउन भिटिएम किट सहयोग गरिएको हो ।’

क्लबले देशभरका विभिन स्वास्थ्य संस्थामा सुरक्षित स्वास्थ्य सामग्रीदेखि यस्तै अन्य कोरोना भाइरस परीक्षणमा सहयोग गर्दै आएको अध्यक्ष रोकायाले बताए ।

प्रतिष्ठानका रजिष्टार काफ्लेका अनुसार सहयोगी हातहरुले गर्दा नै नेपाललगायत जुम्लामा पनि कोरोना भाइरसले भयानक रुपमा लिन नसकेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई लायन्स क्लबलगायत थुप्रै संघ संस्थाले सहयोग गरेको उनी बताउँछन् ।

त्यसैगरी प्रतिष्ठानलाई अमेरिका नेपाल मेडिकल फाउण्डेसनले ४५ थान पिपिई सेट, हिमानी र सन्ध्या फाउण्डेसनले १० थान पिपिई सेट, किर्डाक नेपाल जुम्लाले हात धुने उपकरण, विश्व खाद्य कार्यक्रम सुरक्षित स्वास्थ्य सामग्रीसहित क्वारेन्टिनमा प्रयोग हुने सामग्री प्रदान गरी सहयोग रहेका छन् ।

यस्तै, कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि संघीय र प्रदेश सरकारले बजेटसहित स्वास्थ्य सामग्री पनि सहयोग गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

प्रतिष्ठानमा १८ हजारभन्दा बढीको स्वाब परीक्षण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि १८ हजार ७ सय १४ जनाको स्वाब परीक्षण गरेको छ । प्रतिष्ठानले पछिल्लो समय कोरोना भाइरसको सक्रमण भए÷नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएकोले काठमाडौँ पछि जुम्लामा स्वाब परीक्षण भएको हो ।

स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको अस्पताल निर्देशक डा मङ्गल रावलले बताए ।

सार्वजनिक तथ्यांक अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८१ हजार ३ सय ११ को पिसिआर परिक्षण भएको छ । त्यसपछि जुम्लामा १८ हजार ७ सय १४ को पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको प्रतिष्ठानका रजिष्ट्रार काफ्लले बताए ।

जुम्लाको मात्रै ४ हजार ८ सय ५७ जनाको स्वाब परीक्षणमध्ये ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमिण पुष्टि भएका मध्ये ६८ जना निको भएर घर फर्केका छन् भने प्रतिष्ठानको आइसोलेसनमा एक जना मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले भारतबाट आएका र शंकास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए । उनले भने ‘दैनिक १८ घण्टा प्रयोगशाखा सञ्चालनमा रहने गरेको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ ।

प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा. विजय अर्यालयले पिसिआर मेसिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले चीनमा यसअघि नै उक्त मेशिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए ।

जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुन मगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेसिन सञ्चालनका लागि तालिम समेत लिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ