२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनता सेवा नपाएर मर्नेः अस्पताल डाइलाइसिस मेसिन त्यतिकै थुपार्ने

जनता सेवा नपाएर मर्नेः अस्पताल डाइलाइसिस मेसिन त्यतिकै थुपार्ने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर ४ हजार ६ सय मिर्गौलाका बिरामीले नियमित डायलाइसिस गराउँदै आएका छन् । डायलाइसिस नपाउनेको संख्या पनि निकै ठूलो छ । तर, यसको भने रेकर्ड राखिएको छैन ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले सेवाको पर्खाइमा रहनेहरुको संख्या ज्यादै धेरै भएको बताउँछन् । देशभर डायलाइसिस सेवा भएका अस्पताल प्याक छन् । यस्तो अवस्थामा देशका तीन सरकारी अस्पतालले डायलाइसिस मेसिन खरिद गरेर संचालन नगरी राखेको पाइएको छ ।

महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा १ करोड ६८ लाख २७ हजारका १५ डायलाइसिस मेसिन किनेर वर्षौदेखि अस्पतालले थन्क्याएका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल वीरगञ्ज र भेरी अस्पतालले १५ डायलाइसिस मेसिन बिना संचालन थन्क्याएको पाइएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ९६ लाख २७ हजार मुल्यका ८ डाइलाइसिस मेसिन खरिद गरेको छ । स्थान अभावको कारण देखाउँदै सञ्चालनमा नल्याएको उल्लेख गरिएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा ११ डाइलासिस मेसिनमध्ये स्थान अभावका कारण ६ मात्र सञ्चालनमा छन् । खरिद गरेका ६० लाख मुल्य बराबरका ५ डायलाइसिस मेसिन भने संचालनमा ल्याइएको छैन ।

त्यस्तै, भेरी अस्पतालमा ४ डाइलाइसिस मेसिन खरिद गरिएको छ । तर, २ वटा मात्र डायलाइसिस मेसिन सञ्चालनमा छन् । १२ लाख मुल्यका दुई मेसिन थन्क्याइएको छ । सो अस्पतालमा विरामीको चापअनुसार न्यूनतम ५ मेसिन हुनुपर्ने स्वयं अस्पतालले बताउँदै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ