२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराट नर्सिङ्ग होमबाट भागेका भनिएका संंक्रमित त्यहीका चिकित्सक, अस्पताल सिल

विराट नर्सिङ्ग होमबाट भागेका भनिएका संंक्रमित त्यहीका चिकित्सक, अस्पताल सिल


विराटनगर–कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार रातीदेखि सम्पर्कविहीन बनेका विराटनगरका एक जना संक्रमित बिहीबार दिउँसो साढे ११ बजे सम्पर्कमा आएका छन् । संक्रमण पुष्टि भएको ३८ घण्टापछि विराटनगर महानगरपालिको सम्पर्कमा आएको विराटनगर महानगरपालिकाको जन– स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पुष्टि गरेका हुन् ।

सो संक्रमित नर्सिङ्ग होमकै चिकित्सक रहेको खुल्न आएको छ । उनको सोही अस्पतालबाट स्वाब संकलन गरेर कोशी अस्पतालको ल्याबमा लगिएको थियो । संक्रमित भेटिएसँगै विराटनगर महानगरपालिकाले अस्पताल सिल  गरेको छ ।

पिसिआर प्रविधीबाट गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि मंगलबार राति देखि सम्पर्कविहिन बनेका थिए । स्वाब संकलनको क्रममा उनको पूरा नाम र प्रष्टसँग ठेगाना र सम्पर्क नम्बर पनि लगत टिपाएको कारणले संक्रमित फेला पार्न समस्या भएको थियो । संक्रमित सम्र्पकबिहीन बनेपछि मोरङ प्रहरी र महानगरपालिकाले खोजी कार्य तिव्र बनाएको थियो ।

‘सम्पर्कविहीन बनेका संक्रमितलाई खोज्न प्रहरी र महानगरपालिकाले निक्कै मेहनत गर्नु प¥यो,’ जनस्वास्थ्थ महाशाखा प्रमुख कार्कीले भने, ‘बिहीबार दिउँसो साढे ११ बजे संक्रमित आफैले फोन गरि महानगरपालिकाको सम्र्पकमा आएका छन् ।’ संक्रमितलाई विराटनगरस्थित कोशी अस्पतलाको कोभिड – १९ उपचार केन्द्रमा लैजाने तयारी गरेको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ