२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना ‘पोजेटिभ’

विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना ‘पोजेटिभ’

डा.  कार्की भन्छन्, 'जनताको सेवा गरेको उपलब्धि हो कोरोना'


काठमाडाैं-विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पोजेटिभ देखिएको छ । बरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कार्कीलाई कोरोना पोजेटिभ देखिएपछि उनी अहिले आइसोलेसनमा छन् । कार्कीसँग हेल्थआवाजले गरेको कुराकानी जस्ताको तस्तै :

लकडाउनभर घर एक दिन पनि बसिएन । सधै बिरामीको सेवामा खटिनु पर्छ भनेर अस्पताल गइयो । ६ दिन अगाडी रुघा खोकी लागेको जस्तो भयो । शंका लागेर घरमै आइसोलेसनमा बसे। दुई दिन अघि पिसिआर परीक्षण गरेको पोजेटिभ देखियो । अस्पतालमा ज्वरोका बिरामी त्यतिकै छन् । आकस्मिक शल्यक्रिया त्यतिकै गर्नु परेको छ ।

खोकी लागेर बिरामी आउँछन् उनिहरुलाई सेवा नदिने भन्ने हुँदैन । एउटा सफल चिकित्सक नामले मात्रै हुँदैन । सफल चिकित्सक हुन जस्तो सुकै परिस्थितिमा पनि बिरामीको सेवामा सामेल हुनुपर्छ तब उ आफ्नो पेशामा सफल हुन्छ । कोरोना कुनै एड्सको बिरामी हैन । मलाई खोकी छैन बेला-बेलामा अहिले पनि ज्वारो आइरहेको छ ।

रिपोर्ट पोजेटिभ आउला भन्ने थिएन । मेरो नाम बाहिर डिस्पोज नहोस भनेर हरिबहादुर कार्की लेखि दिएछन् । मलाई पनि जानकारी भएन । बिहीबार (आज) एक्कासी फोन आयो तपाइलाई कोरोना पोजेटिभ भएछ । मैले सबैलाई स्पष्ट पार्न आग्रह गरेको छु । मेरो नाम किन लुकाउनु पर्यो । मैले जनताको सेवा गर्दा पाएको उपलब्धि हो कोरोना । डाक्टर कार्कीलाई कोरोना पोजेटिभ देखिएको हो भनेर सच्याएको सूचना निकाल भनेको छु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ