२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी चिकित्सक संघको निर्वाचन सर्‍यो, २४ साउनमा हुने

सरकारी चिकित्सक संघको निर्वाचन सर्‍यो, २४ साउनमा हुने


काठमाडौं—१० साउनका लागि तय भएको सरकारी चिकित्सक संघ (गोदान)को पाँचौ साधारण सभा सरेको छ । गोदानले ८ साउनका एक सूचना जारी गर्दै सरकारको निर्देशन र लकडाउन पूर्ण रुपमा नखुलेका कारण साधारणसभा २४ साउनमा सारिएको जनाएको छ ।

गोदान कार्यकारी समिति र निर्वाचन समितिको संयुक्त बैठकले निर्वाचन कार्यक्रम २४ साउनमा गर्ने तय गरेको छ । विहान ९ बजेदेखि साँझ ४ बजेसम्म साधारण सभा हुने निर्वाचन समितिले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत डा. रुद्रप्रसाद मरासिनीकाअनुसार साउन १० देखि ११ गते विहान १० बजेदेखि साँझ ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

यस्तै, १२ र १३ गते उम्मेदवारी फिर्ता तथा दावी विरोध लागि समय तोकिएको छ भने २४ गते विहान ९ बजेदेखि साँझ ४ बजेसम्म अनलाइन मतदान खुला हुनेछ ।

२४ गते साँझ ५ बजेसम्म नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ