२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट थप एक वृद्धाको मृत्यु, थप १३३ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप एक वृद्धाको मृत्यु, थप १३३ संक्रमित थपिए


काठमाडौँ – थप १ सय ३३ जनामा कोरोना पुष्टि भएको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतले पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

शुक्रबार थपिएका नयाँ संक्रमितहरु मध्ये काठमाडौंका १०, दैलेखका ८ जना, कैलालीका ८जना, झापाका २५, सप्तरीका ७, सुनसरीका ५ जना, दाङका ४ जना, नवलपुरका ४ जना, रुपन्देहीका ४ जनामा, कास्कीका ५ जना संक्रमण पुष्टि भएको छ ।

यसैगरी १ सय ७ जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । जसमध्ये ९ सय ४७ जना उपचार पछि निको भएका छन्।

त्यस्तै,  आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका-११ कि ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको हो । उनमा ७ गते संक्रमण पुष्टि भएको थियो ।

यससँगै नेपालमा ४४ जनाको संक्रमणबाट ज्यान गुमाएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ