२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए १०९ संक्रमित, थप १ संक्रमितको मृत्यु

थपिए १०९ संक्रमित, थप १ संक्रमितको मृत्यु


काठमाडौं – काठमाडौंमा २ सहित थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०९  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु मध्ये झापाका १, खोटाङका १, सप्तरीका ११, सर्लाहीका १, पर्साका ८, रौतहटका ४, सर्लाहीका १, चितवनका १, बाराका ३, मकवानपुरका १, नवलपरासी पूर्वका ४, काठमाडौंका २, ललितपुरका १, अछामका १, गुल्मीका ३, कपिलवस्तुका ६, पाल्पाका ४, बाँकेका २, बर्दियाका २, दाङका ५, तनहुँका १, अछामका २, कालीकोटका ३, दैलेखका ३, हुम्लाका १, जाजरकोटका ६, मुगुका २, सुर्खेतका २२, डढेलधुराका ८ र डोटीका १३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ९ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या कुल १८ हजार ४ सय ८३ जना पुगेको छ । हालसम्म १३ हजार ५३ जना उपचार पछि निको भएका छन् ।

त्यस्तै, थप एक संक्रमितको मृत्युभएसँगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ । गए राति बाराकी १७ वर्षिया किशोरीको गण्डक कोभिड अस्पतालमा निधन भएको छ । मृतक किशोरीमा ९ गते कोरोना पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ