२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि


धनगढी—सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार पछिल्लो २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो।

आइतबार थपिएकामध्ये सबैभन्दा बढी अछामको पञ्चदेवल विनायकका एक महिला र १३ पुरुष गरी १४ जना रहेका छन् । यस्तै, बाजुराको खप्तडछेडेदहका १ का दुई महिला र वडा नम्बर ६ का ११ वर्षीय बालक रहेको सूचना अधिकारी श्रेष्ठले बताए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ