२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा ८ सहित थप १३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा ८ सहित थप १३० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौंमा ८ जनासहित थप १३० जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ८ जना कोरोना संक्रमित थपिएका छन् ।

अहिलेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० जना रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा डिस्चार्जको हुनेको संख्या ७५ जना रहेको छ । अहिलेसम्म १३ हजार १ सय २८ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

कोशी अस्पताल प्रयोगशाल विराटनगर—झापाका १ जना, मोरङका ३ जना, इलामका ८ जनाा र सिरहाका १ जना

प्रादेशिक प्रयोगशाला विराटनगर—सुनसरीका २ जना, उदयपुरका १ जना, तेह्रथुमका १ जना र मोरङका २३

प्रादेशिक प्रयोगशाला जनकपुर—धनुषा १ जना, महोत्तरी २ जना

नारायणी अस्पताल प्रयोगशाला वीरगन्ज— पर्साका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—दाङका १ जना, काठमाडौंका २ जना, नुवाकोट १ जना, सोलुखुम्बुका २ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला—काठमाडौंंका ३ जना र पर्साका ३ जना

हेटौडा प्रयोगशाला— नवलपरासी पूर्व २ जना, रौतहटका १ जना र मकवानपुरका १ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला—बाराका १ जना

स्टार अस्पताल प्रयोगशाला ललितपुर—कास्कीका १ जना, काठमाडौंका ३ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—गोरखाका २ जना र कास्कीका २ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही—रुपन्देहीका १ जना, अर्घाखाँचीका १ जना

भेरी अस्पताल प्रयोगशाला—बाँकेका २ जना, बर्दियाका ६ जना र जुम्लाका १ जना

लुम्बिनी अस्पताल प्रयोगशाला—रोल्पाका ३ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला— दैलेखका १ जना, सुर्खेतका ३ जना

दैलेख प्रयोगशाला—दैलेखका २४ जना

सेती अस्पताल प्रयोगशाला—अछामका १४ जना, बाजुराका ३ जना र कन्चनपुरका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ