२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगोदानको अध्यक्षका लागि ३ जनाको उम्मेदवारी दर्ता, अध्यक्षसहित १५ पदका लागि २९ जनाको उम्मेदवारी

गोदानको अध्यक्षका लागि ३ जनाको उम्मेदवारी दर्ता, अध्यक्षसहित १५ पदका लागि २९ जनाको उम्मेदवारी


काठमाडौं—सरकारी चिकित्सक संघ (गोदान)को २४ साउनमा हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता गराउने कार्यक्रम आइतबार ४ बजेसम्म थियो ।

गोदानको अध्यक्षका लागि संघका वर्तमान महासचिव डा. रविन खड्का,  पुराना चिकित्सक डा. दिपक थापामगर र ट्रमाका अर्थाेपेडिक सर्जन डा. समाज गौतमले उम्मेदवारी दिएका छन् ।

अध्यक्षपछि अर्को प्रभावशाली पद महासचिवमा डा. किर्तिपाल सुवेदी र डा. विजयकुमार साहले उम्मेदवारी दिएका छन् । डा. सुवेदी परोपकार तथा प्रसूती गृहका प्रसूती तथा स्त्री रोग विशेषज्ञ हुन् । उनी अहिले गोदानका केन्द्रीय सदस्य पनि छन् ।

यस्तै, बरिष्ठ उपाध्यक्षमा डा. रामप्रसाद थापा र डा. विजय थापाले उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा डा. सुशील मोहन भट्टराई र डा. विप्लव घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिवमा डा. रोशन भगत, डा. रामहरि दाहाल र विश्वनाथ अधिकारी उम्मेदवार बनेका छन् । कोषाध्यक्षका लागि डा. झुमा सिलवाल र डा. सुधा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, ९ वटा सदस्य पदका लागि डा. सौगात पौडेल, डा. किरण पाण्डेय, डा. सुसन भट्टराई, डा. विजय गुरुङ, डा. प्रकाश भट्टराई, डा.शरदचन्द्र बराल, डा. गौरव साह, डा. कुशल खनाल, डा. कपिल गौतम, डा. अर्चना केसी, डा. ईश्वरी खनाल, डा. विजयकुमार मेहता, डा. हेमा जोशी, डा. सचिन यादव र डा. शेषराज घिमिरेले उम्मेदवारी दिएका छन् ।

गोदानमा १४ सयभन्दा बढी सरकारी चिकित्सक आवद्ध छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ