२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराट नर्सिङ होमका चार नर्समा कोरोना पुष्टि, सम्पर्कमा रहेका २६ जनाको स्वाब संकलन गरिदै

विराट नर्सिङ होमका चार नर्समा कोरोना पुष्टि, सम्पर्कमा रहेका २६ जनाको स्वाब संकलन गरिदै


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होममा कार्यरत चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पुष्टि गरिदिएका हुन् ।

गत मंगलबार अस्पताल सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएको थियो । डा. कार्कीलाई संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङमार्फत सम्पर्कमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरिएको थियो ।

उनीहरूमध्ये चार नर्समा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । अन्यको रिपोर्ट नेगेटिभ छ । ‘पहिलो चरणमा ५८ जनाको स्वाब संकलन गरिएको थियो,’ जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने, ‘दोस्रो चरणमा १६९ जना स्वाब लिएको हो ।’

स्वाब संकलन गरिएकामध्ये चार जना नर्समा कोरोना देखिएपछि उनीहरूको सम्पर्कमा रहेका २६ जना सम्पर्कमा रहेको कन्ट्रयाक टेसिङमार्फत देखिएकोेले स्वाब संकलन गरिने तयारी गरिएको कार्कीले जानकारी दिए ।

संक्रमितमध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी विराट नर्सिङ होममा आंशिक रुपमा कार्यरत थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ