२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ करोड बढीको आरडिटी किट प्रयोगबिहिन

५ करोड बढीको आरडिटी किट प्रयोगबिहिन


काठमाडौं—सरकारले खरिद गरेकोमध्ये ५ करोड मुल्यको ८७ हजार ५ सय ४३ वटा आरडिटी किट प्रयोग बिहिन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ असारदेखि आरडिटी प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

कोरोना संक्रमणको ६ महिनामा सरकारले द्रुत परीक्षण किट भन्दै विश्व स्वास्थ्य संगठनले समेत अनुमति नदिएको आरडिटीबाट ३ लाख १२ हजार ४ सय २ जनाको परीक्षण गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न चरणमा गरी करिब ४ लाख आरडिटी किट खरिद भएको छ ।

स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका अनुसार ओम्नीसँग ७५ हजार, स्वस्थ्य सेवा विभागले विभिन्न चरणमा ३ लाख २१ हजार ४ सय ४५ किट खरिद गरेको जनाएको छ । त्यस्तै, एक संस्थाले पनि ३५ सय किट सहयोग गरेको थियो ।

सरकारी तथ्यांकअनुसार ८७ हजार ५ सय ४३ वटा किट अझै प्रयोगमा आएको छैन । प्रयोगमा नआएको किटको मुल्य ५ करोड १४ लाख ७५ हजार २ सय ८४ हो । मन्त्रालयका अनुसार भ्याटसहित प्रति किट ५ सय ८८ रुपैयाँ परेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ