२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबकुलहर अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा सुरु

बकुलहर अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा सुरु


चितवन – पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर अस्पतालले आजदेखि आकस्मिक रक्तसञ्चार सेवा सुरु गरेको छ । मृगौलाको डायलोसिस गराउँदै आएका तीन जना बिरामीलाई निःशुल्क रगत उपलब्ध गराई रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सेवाको शुभारम्भ गरेका हुन् ।

सेवाको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख वनले आकस्मिक रक्तसञ्चार केन्द्रको रुपमा स्थापना गरिएको सेवालाई बिस्तार गरेर केन्द्रको रुपमा सञ्चालन गर्ने तयारी गरिएको बताए । त्यस्तै, बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले अस्पतालमा आएका बिरामीहरु रगतको खोजीमा भरतपुरसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको बताउँछन् ।

‘यसअघि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा अस्पताल युनिट स्थापना गरी सेवा दिँदै आएकोमा हामीले पनि क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर र अस्पतालबीच सम्झौता गरी आजदेखी सेवा सुरु गरेका छौं’, उनी भन्छन्, ‘अब यहाँका नागरिकहरु पनि लाभान्वित हुने विश्वास लिएका छौं ।’

रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १० का अध्यक्ष केशव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाकी उप–प्रमुख बिमला दुवाडी, वडा नम्बर २ का वडा अध्यक्ष तिलकराज शर्मा, नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, बकुलहर अस्पताल विकास समितिका सदस्य देवेन्द्र कुमार श्रेष्ठ, उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी लगायतले बोलेका थिए । अहिले अस्पतालमा २६ जनाले नियमित डाइलोसिस गराउँदै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ