२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६ सहित थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६ सय २६ जना डिस्चार्ज

काठमाडौं उपत्यकामा ६ सहित थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६ सय २६ जना डिस्चार्ज


काठमाडौं—काठमाडौं उपत्यकामा ६ सहित थप १३९ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंका ३ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २६ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा १३ हजार ४ सय ५४ जना डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमितहरुको संख्या ४ हजार ९ सय ५० रहेको छ ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराज— सप्तरीका २१ जना र सिरहाका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर—धनुषाका १० जना र महोत्तरीका १० जना

नारायणी अस्पताल प्रयोगशाला—पर्साका १८ जना

धुलिखेल अस्पताल प्रयोगशाला—काभ्रेका १ जना

पाटन अस्पताल प्रगोगशाला— ललितपुरका ३ जना, पर्साका २ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला— काठमाडौंका १ जना

स्टार अस्पताल प्रयोगशाला ललितपुर— काठमाडौंका २ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला पोखरा—कास्कीका ३ जना

भेरी अस्पताल प्रयोगगशाला—बाँकेका १ जना

लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला बुटवल—रुपन्देहीका १ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला— सुर्खेतका १ जना

दैलेखका प्रयोगशाला— दैलेखका २८ जना

चौरजहारी प्रयोगशाला— सल्यानका २ जना

डडेल्धुराका अस्पताल प्रयोगशाला—बैतडीका ४ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ