गृहपृष्ठ ∕ समाचार ∕ बर्दियाको क्वारेन्टाइनमा एक युवकले गरे आत्महत्या बर्दियाको क्वारेन्टाइनमा एक युवकले गरे आत्महत्या हेल्थ आवाज सोमबार, २०७७ साउन १२ गते, २१:३० मा प्रकाशित बर्दिया– बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकले आइतबार राती आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय भुरिगाउँका अनुसार अछाम बान्निगढी गाउँपालिका घर भई ठाकुरबाबा ४ सैनवारमा आफन्त कहाँ आएका रामबहादुर साउँदले नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् । क्वारेन्टाइन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । करिव दस दिन अघि भारतको राजस्थानबाट हिँडेका युवक महेन्द्रनगरहुँदै ठाकुरबाबामा आफन्त कहाँ आएइपुगेका थिए । आफन्तले क्वारेन्टाइनमा बस्नुपर्छ भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टाइनमा लगेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले उनको कोरोनाको पिसीआर परीक्षणका लागि आइतबार दिउँसो स्वाब संकलन गरेर भेरी अस्पताल नेपालगन्जमा पठाइएको बताए । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको बिरामी रहेको बताइन्छ । सोमबार साँझसम्म पनि पिसिआर परिक्षणको रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तेस्रो पटक पनि बाटोमै सुत्केरी ! बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार वीर अस्पतालमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरू गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि… काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ७ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ट्रेण्डिङ गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा तेस्रो पटक पनि बाटोमै सुत्केरी ! काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा तेस्रो पटक पनि बाटोमै सुत्केरी ! काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु