२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहेपाटाइटिसका बिरामीलाई कोरोना संक्रमण भएमा अवस्था नाजुक हुन सक्ने

हेपाटाइटिसका बिरामीलाई कोरोना संक्रमण भएमा अवस्था नाजुक हुन सक्ने


हेपाटाइटिस र फोक्सो सम्बन्धि रोग भएको बिरामीमा कोरोना संक्रमणले गम्भीर रुप लिन सक्ने अमेरिकाका सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी सेन्टर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ। सीडीसीका अनुसार यस्तो वृद्ध जो पहिला नै बिरामी छन् र हेपाटाइटिसबाट लडिरहेका छन् त्यस्ता व्यक्तिले विशेष सावधानी अपनाउनु पर्नेछ।

आज विश्व हेपटाइस दिवस हो। यस वर्षको थिम हो- हेपेटाइटिसमुक्त भविष्य । लिभरको रोगबाट प्रत्येक वर्ष विश्वभर १३ लाख जनाको मृत्यु भैरहेको छ। पानी पर्ने मौसम छ। र यससँगै कोरोना संक्रमण पनि फैलिरहेको छ। यस मौसममा हेपाटाइटिस भाइरसको संक्रमण पनि सजिलै हुने गर्छ । जसकारण सतर्कता अपनाउनु निकै जरुरी देखिन्छ। कोरोनाकालमा कसरी सुरक्षित रहने भन्ने बारेमा जानौं।

के हो हेपाटाइटिस?

हेपाटाइटिसलाई सजिलो भाषामा कलेजोमा हुने सूजन भन्ने बुझिन्छ। जसको मूख्य कारण भाइरसको संक्रमण हो। जुन प्राय दूषित खानेकुरा, दुषित पिउने पानी र संक्रमित वस्तुबाट फैलिने गर्छ।

हेपाटाइटिसका ५ भाइरस छन् जुन भाइरस ‘ए’, बी, सी डी र इ हो। यीमध्ये टाइप-बी र सी घातक रूप लिएर ‘लिभर सिरोसिस’ ‘र क्यान्सरलाई जन्म दिने गर्छ। सुरुवातमा उपचार नपाएमा स्वास्थ्य अवस्था झनै गम्भीर हुने गर्छ। र कलेजो पूरै ड्यामेज पनि हुन्सक्छ।

हेपाटाइटिस-ए : यो भाइरस दूषित पानीबाट शरीरमा फैलन्छ। हेपेटाइटिस-ए लागेमा कलेजो सुनिने, भोक नलाग्ने, ज्वरो आउने र वान्ता हुने गर्छ।

हेपाटाइटिस-बी : यो भाइरस संक्रमितको रगत, सुई वा असुरक्षित यौन सम्बन्धबाट पनि फैलन्छ । कलेजोमा असर पर्नाले उल्टी, थकान, पेटमा दुखाइ, त्वचाको रङ पहेलो हुने गर्छ। यो लिभरको सबैभन्दा क्रोनिक रोग हो जुन लिभर सिरोसिस र क्यान्सरको रूप लिने गर्छ। यदि गर्भवती महिला यसबाट संक्रमित छिन् भने बच्चा पनि यसबाट ग्रसित हुने सम्भावना हुन्छ ।

हेपाटाइटिस-सी : हेपाटाइटिस-ए र बीको तुलनामा यो भाइरस ज्यादा खतरनाक छ। शरीरमा ट्याटु खोप्दा, दूषित रगत लिँदा, संक्रमित सुईको प्रयोग वा दोश्रो व्यक्तिले प्रयोग गरेको धारी काट्ने ब्लेट वा मेसिनले पनि फैलने गर्छ।

हेपाटाइटिस-डी : हेपाटाइटिस-बी र सीको विरामीमा यसको आशंका बढी हुन्छ। यो पनि दूषित रगत लिँदा, संक्रमित सुईको प्रयोग वा दोश्रो व्यक्तिले प्रयोग गरेको धारी काट्ने ब्लेट वा मेसिनले पनि फैलने गर्छ। कलेजोमा संक्रमण हुँदा उल्टी र हल्का ज्वरो आउने गर्छ।

हेपाटाइटिस-इ : यो भाइरस दूषित खानपानबाट फैलन्छ। यसबाट प्रभावित हुने बिरामीमा थकान, वजन घट्ने, त्वचामा पहेलोपन र हल्का ज्वरो देखिन्छ।


-एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ