२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरगंजमा सेना, स्वास्थ्यकर्मी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंजमा सेना, स्वास्थ्यकर्मी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि


जनकपुर—पर्साको वीरगञ्जमा नेपाली सेना, स्वास्थ्यकर्मी, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

संक्रमण पुष्टि भएका २ देखि ६५ वर्ष उमेरका ३४ जना रहेको छ । कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएर शुल्क तिरेर पिसिआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २० जना वीरगञ्जकै रहेका छन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो ।

नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पिसिआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ