२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले नियोजित चलखेल गरेको गोदानको आरोप

स्वास्थ्य मन्त्रालयले नियोजित चलखेल गरेको गोदानको आरोप


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ नीतिमा नियोजित चलखेल गरेको सरकारी चिकित्सक संघ नेपाल (गोदान)को आरोप छ। गोदानले ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’को अपव्याख्या गर्दै हतारमा बिना सुझबुझ सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखले निजी संस्थामा काम गर्न नपाउने सरकारले निर्णय गरेको भन्दै विरोध जनाएको हो।

सरकारले ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’मा स्वास्थ्य प्रमुखलाई मात्र लक्षितगरी  उक्त निर्णय ल्याएको भन्दै तत्काल फिर्ता गर्न गोदानले माग गरेको छ। ‘आंसिक रूपमा हुदै नभएको र बिना सुझ-बुझ केवल संस्था प्रमुखलाई लक्षित गरी “एक चिकित्सक-एक स्वास्थ्य संस्था” को अपव्याख्या गरेको यस संघलाई मान्य छैन र यसको विरोध गर्दछौँ ।, ‘गोदानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी न्युन तलबमा काम गर्न बाध्य चिकित्सकहरूले थप समयमा गर्ने थप मेहनतको आम्दानीलाई नै लक्षित गरी संस्था प्रमुख हुनबाट रोक्ने र विद्वान/विशेषज्ञ जनशक्तिलाई सरकारी अस्पतालको नेतृत्वदायी भुमिकाबाट बञ्चित गरी सोबाट गलत फाइदा उठाउने नितिगत स्तरमा नियोजित चलखेल भएको यस संघको ठहर छ ।’

यस्तै, “एक चिकित्सक-एक स्वास्थ्य संस्था” लागु गर्नको लागि गठित उक्त संघले दिएको सुझाव अनिवार्य लागु हुनुपर्ने गोदानको माग छ। यसको साथै गोदानले पूर्ण क्षतिपूर्ति सहितको सबै खाले भत्ताहरू सहितको “एक चिकित्सक-एक स्वास्थ्य संस्था” मात्र लागु गर्न र सो बाहेकका अन्य बाध्यकारी व्यवस्था लागु भएमा संघ विरोधमा उत्रिने जनाएको छ।

“एक चिकित्सक-एक स्वास्थ्य संस्था”लाई कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समितिले विभिन्न बैठक तथा छलफल गरी सरकारलाई दिएको सुझाव कार्यान्वयनको लागि समेत गोदानले माग गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ