२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४८ सहित थप २ सय ७४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ४८ सहित थप २ सय ७४ जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ४८ सहित थप २ सय ७४  जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा४१ जना मात्रै  जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, भक्तपुर ५ र ललितपुरमा २ गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २ सय २७ संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै, हाल ५ हजार २ सय २७ केस सक्रिय अवस्थामा छन् । बिहिबार रेड जोनमा कोहि पनि नपरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ