२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरगन्जमा १२ चिकित्सक र ६ नर्ससहित ३२ कर्मचारीमा कोरोना संक्रमण

वीरगन्जमा १२ चिकित्सक र ६ नर्ससहित ३२ कर्मचारीमा कोरोना संक्रमण


वीरगन्ज—कोरोना संक्रमण बढ्दै गएपछि वीरगन्जमा १२ चिकित्सकसहित ३२ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ को सबैभन्दा ठूलो अस्पताल नारायणी अस्पतालमा मात्र ८ चिकित्सक र ६ नर्ससहित २८ जनामा संक्रमण देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द भएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्ययका अनुसार संक्रमित हुनेहरुमा अस्पतालका ४ जना अर्थोपेडिक सर्जन, १ जना सर्जन, २ जना फिजिसियन र १ जना मेडिकल अफिसर रहेका छन् । त्यसैगरी, अस्पताल ६ जना स्टाफ नर्स, ४ जना एचए, १ जना प्रशासनका कर्मचारी, १ जना एम्बुलेन्स चालक, ४ जना कार्यालय सहयोगी र ४ जना सरसफाइ कर्मचारी रहेका छन् ।

नारायणी अस्पताल बाहिर १ जना मेडिकल अधिकृत, १ जना रेडियोलोजिष्ट, १ जना इन्टर्न चिकित्सक र १ जना मेडिकल पढ्दैं गरेका थिद्यार्थी रहेका छन् ।
डा. उपाध्ययका अनुसार तीन जना होमोडायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीसमेत संक्रमित भएपछि सो सेवा पनि बन्द गर्नुपरेको छ ।

एकैपटक धेरै कर्मचारी बिरामी भएपछि आकस्मिकबाहेक अन्य सेवा तत्काललाई बन्द गर्नुको विकल्प नराहेको डा. उपाध्ययले बताए । ‘यति धेरै स्टाफ एकैपटक संक्रमित भएपछि अस्पताल संचालन गर्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘दुई जना संक्रमित देखिएसँगै होमोडायलाइसिस सेवासमेत बन्द गर्नुपर्ने अवस्था आएको छ ।’ पर्सामा हालसम्म ४ सय १ जना संक्रमित देखिएका छन् । जसमध्ये २ सय ४ जना सक्रिय संक्रमित छन् ।

संक्रमितमध्ये पर्सामा मात्रै ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये २ जना भारतीय नागरिक रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ