२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु

पाटन अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु


काठमाडौं—पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माकाअनुसार ६५ वर्षीया एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

‘काठमाडौं बाहिरबाट रिफर भएर आउनुभएको हो,’ उनले भने, ‘आज उहाँको निधन भयो । डा. शर्माका अनुसार ती ६५ वर्षीया महिला हाइपर टेन्सनको बिरामी पनि थिइन् ।

उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

यसअघि शुक्रबार नै वीरगन्जमा पनि एक जनाको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ