२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३८ सहित थप २२४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ३८ सहित थप २२४ जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ३८ सहित २ सय २४ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय २४ नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, भक्तपुरमा १ र ललितपुरमा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५१ संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ । त्यस्तै, हाल ५ हजार ३ सय १६ केस सक्रिय अवस्थामा छन्  ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला प्रतिष्ठान, धरान प्रयोगशाला — झापाका १

कोशी अस्पताल विराटनगर, प्रयोगशाला— झापाका १२, मोरङ १५

प्रादेशिक प्रयोगशाला, जनकपुर—धनुषा १, बाराका १, सर्लाहीका १

नारायणी अस्पताल, प्रयोगशाला—बारा २, पर्सा ४१ र रौतहटका १ जना

कृषि जन्य अनुसन्धान तालिम केन्द्र, हेटौंडा — मकवानपुर १

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु—काठमाडौँ ८ जना , बजाङ्ग २५, कैलाली १५, नुवाकोट २

शुक्रराज अस्पताल, प्रयोगशाला— काठमाडौँका ३ जना,. ललितपुर २, रौतहटका २ जना, बाराका १ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला, काठमाडौँ— काठमाडौँ

धुलिखेल अस्पताल, प्रयोगशालामा – दार्चुला १६, कन्चनपुर १८

नेपाल प्रहरी अस्पताल, प्रयोगशाला— काठमाडौँको १८ जना, ललितपुरका १ जना

पाटन अस्पताल, – काठमाडौँको २ जना, ललितपुर २ जना र सप्तरीका १

भरतपुर अस्पताल प्रयोगशाला, चितवन – नवलपरार्सी पूर्वका २ जना

बीर अस्पताल, काठमाडौँ प्रयोगशाला – काठमाडौँका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा – कास्कीका २ जना

क्षयरोग केन्द्र प्रयोगशाला पोखरा—  तनहुँका १ , म्याग्दीका २ जना, कास्कीका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला—बैतेडीका १०, डोटीका ३ जना

दैलेख प्रयोगशालामा — दैलेखका १ जना

भेरी अस्पताल नेपालगन्ज  — बाँकेका १ जना, दैलेख १ जना, दाङका १ जना

प्रादेशिक स्वास्थ्य विज्ञान प्रयोगशाला, रुपन्देही — गुम्लीका २ जना, रुपन्देहीका १ जना

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला — दाङका २ जना

नेपाल कोरिया मैत्री अस्पताल – भक्तपुरका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ