२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाबाट थप ४ जनाको मृत्यु, मृतक सबै पर्साका

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतक सबै पर्साका


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरु सबै  ४ जना पर्साका रहेका छन् । जसमध्ये ३ जना पुरुष र १ जना महिला रहेका छन् ।

मन्त्रालयकाअनुसार मृत्यु हुनेमा पर्साका श्रीपुरका ५६ वर्षका पुरुष, वीरगन्ज—१६ का ३५ वर्षका पुरुष, वीरगन्ज छपकैया ६५ वर्षका पुरुष र वीरगन्ज घर भएर ललितपुर बस्दैं आएका ६५ वर्षीया महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ