२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउन खुले यता दैनिक १ जनाको कोरोनाबाट मृत्यु

लकडाउन खुले यता दैनिक १ जनाको कोरोनाबाट मृत्यु


काठमाडौं—सरकारले कोभिड—१९ नियन्त्रण नआउँदैं ७ साउनदेखि लकडाउन खुलेको घोषणा ग¥यो । लकडाउनमा घरभित्रै जीवन बिताएका जनता बाहिर मात्रै निस्किएनन् सार्वजनिक यातायात समेत खुले । समुदायस्तरमा संक्रमण पुगेको अनुमान गरिदा यसरी लकडाउन खुला गर्नुले हाल कोरोना संक्रमण बढेको मात्रै होइन्, त्यसबाट हुने मृत्युदरमा ठूलो परिवर्तन आएको छ ।

सरकारी तथ्यांकअनुसार जेठमा २०, असारमा १८ र साउनमा १८ जनाको मृत्यु भएको छ । लकडाउन खुलेपछि साउनमा मुत्यु हुने १८ जनामध्ये १५ जना लकडाउन हटेपछिका मात्रै हुन् । तथ्यांकअनुसार ७ साउनमा १ जनाको मृत्यु भएको थियो । त्यसैगरी ९ साउनमा ३ जना, १० साउनमा २ जना, ११ साउनमा १ जना, १२ साउनमा १ जना, १४ साउनमा ३ जना, १५ साउनमा ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने आफूहरुसँग सल्लाह नगरी मन्त्रिपरिषद्ले लकडाउन खुला गरेको भन्दै गुनासो गरेका छन् । ‘यो समय थप कडाइ गर्नुपर्ने हो तर सरकारले बिना तयारी लकडाउन खुला गरेर संक्रमण मात्रै बढेन नियन्त्रण बाहिर कोरोना फैलिन पुग्यो,’ एक अधिकारीले हेल्थआवाजसँग भने ।

स्वास्थ्य क्षेत्रका अधिकारीहरुले तत्काल लकडाउन गरेर कन्ट्याक्ट ट्रेसिङको काम नगरे समस्या बिकराल हुने बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ