२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६ सहित थप ३१५ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ६ सहित थप ३१५ जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ६ सहित थप ३१५ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

नेपालमा पछिल्लो एक दिनमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ९३ जना रहेको छ । अहिलेसम्म नेपालमा १४ हजार ४ सय ९२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ पिसिआर परीक्षण गरिएको छ ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—सुनसरीका १ जना

कोशी प्रादेशिक अस्पताल प्रयोगशाला— झापाका १ जना, इलामका १७ जना र सिराहाका ५ जना

प्रादेशिक प्रयोगशाला विराटनगर— झापाका १ जना, इलामका ५ जना, उदयपुरका १ जना र मोरङका २ जना

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराज—सप्तरीका ७ जना

नारायणी अस्पताल प्रयोगशाला—बाराका १ जना, पर्साका ६२ जना र रौतहटका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका ९ जना, कन्चनपुरका ८ जना र काठमाडौंका २ जना

धुलिखेल अस्पताल प्रयोगशाला—कैलालीका २७ जना, काभ्रेका १ जना, रामेछापका २ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला— काठमाडौंका १ जना

स्टार अस्पताल प्रयोगशाला—पर्साका ३ जना

नेपाल कोरिया मैत्री अस्पताल प्रयोगशाला भक्तपुर—काठमाडौंका २ जना, भक्तपुरका १ जना र पर्साका १ जना

प्रादेशिक क्षयरोग प्रयोगशाला पोखरामा—कास्कीका १ जना

लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला बुटवल—रुपन्देहीका २ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला—सल्यानका १ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला— बझाङका २५ जना, कैलालीका ५३ जना र कन्चनपुरका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ