२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपरीक्षण गरिएका नमुनामध्ये १२ प्रतिशतमा कोरोना पुष्टि

परीक्षण गरिएका नमुनामध्ये १२ प्रतिशतमा कोरोना पुष्टि

१४ सय बढीको रिपोर्ट आउन बाँकी


काठमाडौं—सुदूरपश्चिम प्रदेशका झण्डै ३६ हजार बढीको कोरोना परिक्षण गर्दा १२.६८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । प्रदेशमा पिसिआर प्रविधिमार्फत देशभरिका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरिएका ३५ हजार ८ सय ३४ जनाको कोरोना परीक्षण गरिएकोमा ४ हजार ५ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७ हजार तीन सय, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौंमा रहेका अन्य प्रयोशागालबाट १५ हजार चार सय ९०, र डडेल्धुरा प्रयोशागालामा दुई हजार ८ सय ६० जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फागुन १ गते पहिलो पटक सुदूरपश्चिममा कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबारसम्म ३७ हजार दुई सय ५२ जनाको स्वाब संकलन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा संक्रमितमध्ये १ हजार ४ सय ९२ एक्टीभ केस रहेको र शनिबारसम्म ३ हजार ९४ डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वाब संकलन गरिएका एक हजार चार सय १८ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । धनगढी प्रयोगशालामा ८ सय ६२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई सय ५३ र डडेल्धुरा प्रयोगशालामा तीन सय तीन जनाको स्वाबको कोरोना परिक्षण बाँकी रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ