२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्तो छ स्वास्थ्य मन्त्रालयले बनाएको कोरोना परीक्षणको १० बुँदे नयाँ मापदण्ड

यस्तो छ स्वास्थ्य मन्त्रालयले बनाएको कोरोना परीक्षणको १० बुँदे नयाँ मापदण्ड


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण मापदण्ड परिवर्तन गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कोरोना परीक्षण मापदण्डमा फेरबदल गरेको हो ।

मन्त्रालयले झाडापखाला लागेकादेखि दीर्घ रोगका बिरामीसम्मलाई कोरोना परीक्षण गर्नुपर्ने मापदण्ड बनाएको हो ।

परीक्षणका १० मापदण्ड

१. सबै लक्षणात्मक केसहरु जस्तै (ज्वरो वा खोकी वा श्वासप्रश्वासमा समस्या वा स्वाद गन्ध थाहा नपाउने र पखाला)

२. कोरोना संक्रमण पुष्टि भएका सबै केसको सम्पर्कमा रहेकाहरु

३. गम्भीर श्वासप्रश्वास सम्बन्धि समस्या (क्ब्च्क्ष्) देखिएका बिरामीहरु

४. विदेशबाट फर्किएका सबै मानिसहरु (हवाई तथा स्थलमार्ग हुँदै आएकाहरुलाई क्वारेन्टाइनमा राखेको ५—७ दिन भित्र)

५. सबै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र अन्य अग्रपंक्ति रहेकाहरू

६. पछिल्ला १४ दिनमा कोभिड—१९ संक्रमण फैलिएको स्थानको ‘ट्राभल हिस्ट्री’ भएकाहरु

७. सबै आईसीयु केसहरू

८ दिर्घरोग भएका बिरामीहरु, विशेषगरी ६० वर्ष पुगेका

९. क्लिनिकल निर्णयमा आधारित रहेका पूर्व अपरेटिभ केसहरू (आपतकालको लागि) उपचारको प्रक्रिया र शल्यक्रिया रिपोर्टको लागि कुर्न नपर्ने

१०. उपचारको आधारमा मध्यम, गम्भीर र नाजुक कोरोनाको केस हेरेर डिस्चार्ज हुने तर कोरोनाका हल्का केस देखिएका व्यक्ति जसले १४ दिन पुरा गरेका छन् उनीहरुले एसेम्प्टोमेटिक परीक्षण गर्नु नपर्ने (कम्तिमा ३ दिन लक्षण नभएकाहरु)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ