२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३१ सहित थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३१ सहित थप २४६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ३१ सहित थप २४६ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ललितपुरका ८ जना, काठमाडौंका २२ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना संक्रमित निको भएर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—सुनसरीका १० जना

कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला— मोरङका १३ जना

प्रादेशिक प्रयोगशाला विराटनगर— सुनसरीका १ जना र मोरङका ३ जना

प्रादेशिक प्रयोगशाला जनकपुर – धनुषाका ३५ जना, चितवनका १ जना, महोतरीका ४ जना, सर्लाहीका १ जना

नारायणी अस्पताल प्रयोगशाला— पर्साका ७८ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—बझाङका २ जना, डोटी ११ जना, कैलालीका १० जना, काठमाडौंका ११ जना, ललितपुरका ४ जना

शुक्रराज अस्पताल प्रयोगशाला – काठमाडौंका ८ जना, रौतहटका २ जना, सिन्धुलीका १ जना,  सुनसरीका १ जना, बर्दियाका १ जना, दार्चुलाका १ जना, गोरखाका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला— काठमाडौंका २ जना

वीर अस्पताल, प्रयोगशाला – काठमाडौँका १ जना

त्रिवि शिक्षण अस्पताल, प्रयोगशाला काठमाडौं —ललितपुरका १ जना, पर्साका १ जना, सर्लाहीका १ जना

भेरी अस्पताल, प्रयोगशालामा – बर्दियाका ९ जना

स्टार अस्पताल, प्रयोगशाला—पर्साका २ जना, ललितपुरका ३ जना, महोतरीका १ जना

नेपाल कोरिया मैत्री अस्पताल प्रयोगशाला भक्तपुर—भक्तपुरका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा प्रयोगशाला — कास्कीका ५ जना

प्रादेशिक क्षयरोग प्रयोगशाला पोखरामा—बाग्लुङ्गका १ जना, स्याङ्जाका ८ जना, तनहुँका २ जना र लम्जुङ्गका १ जना

लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला बुटवल—रुपन्देहीका १ जना, नवलपरासी पूर्व – ३ जना

डडेलधुरा प्रयोगशालामा – डोटीका १ जना

*यसअघि प्राविधिक त्रुटिबस काठमाडाैं उपत्यकामा ३९ जना नयाँ संक्रमित थपिएको हुन गएकोमा सच्चाइएको छ । -स.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ