२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतबाट आवैध रुपमा ल्याइएको यौन उत्तेजना बढाउने औषधी सहित एक भरिया पक्राउ

भारतबाट आवैध रुपमा ल्याइएको यौन उत्तेजना बढाउने औषधी सहित एक भरिया पक्राउ


विराटनगर – भारतबाट तस्करी गरी विराटनगर ल्याइएको यौन उत्तेजना बढाउने औषधी सहित एक भरिया पक्राउ परेका छन्। भारतदेखि अवैध रूपमा औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘जेनेग्राह रेड’ एकसय एमजिको ल्याउने क्रममा मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बरामद गरेको हो।

खुल्ला सिमाको फाइदा उठाउँदै तस्करी धन्दामा लागेका गिरोहले भरिया प्रयोग गरी औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘जेनेग्राह रेड एकसय’ एमजिको औषधी भारतबाट विराटनगरमा तस्करी हुने गरेको पाइएको छ।

प्रहरीले बरामद गरेको ‘जेनेग्राह रेड’ यौन उत्तेजना बढाउने औषधी रहेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए । ‘प्रहरीले बरामद गरि आवश्यक कारवाहीको लागि विभागमा बुझाएको औषधी जेनेग्राह रेड हो,’ उनले भने, ‘सो औषधी यौन उत्तेजना बढाउन सेवन गरेको पाइन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ