२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा ४३ सहित थप ४ सय १८ जनामा कोरोना पुष्टि

काठमाडौंमा ४३ सहित थप ४ सय १८ जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौंमा ४३ सहित थप ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा मात्रै ४३ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, ललितपुर जिल्लामा ३ जना र भक्तपुरमा ५ जनामा पनि संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ जना रहेको छ । मंगलबार ४ सय १८ कोरोनाको केस थपिए सँगै संक्रमित संख्या २० हजार ७ सय ५० पुगेको छ। हालसम्म निको हुनेको संख्या १४ हजार ९ सय ६१ रहेको छ। त्यस्तै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ जना पुगेको छ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—सुनसरी ५ जना

कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—झापाका १, मोरङमा ३६ जना

प्रादेशिक प्रयोगशाला विराटनगर— झापाका ४ जना, मोरङका ४ जना

गजेन्द्र नारायण सिंहअस्पताल राजविराज प्रयोगशाला —सिराहाका ३ जना,  सप्तरी ५१ जना

प्रादेशिक प्रयोगशाला जनकपुर — सर्लाहीका १ जना, महोतरीका ३० जना, धनुषाका ३० जना

नारायणी अस्पताल प्रयोगशाला— बाराका ३ जना, पर्साका ७१ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—भक्तपुरका १, काठमाडौँ ८, कैलालीका ३५, कन्चनपुरका ८ जना र रसुवाका १ जना

शुक्रराज अस्पताल प्रयोगशाला — काठमाडौँका १७ जना, बाराका १ जना र रौतहटका २ जना

पाटन अस्पताल प्रयोगशाला, ललितपुर — भक्तपुरका ४ जना, काठमाडौँका ५ जना, ललितपुरका २ जना, महोतरीका २ जना, गुल्मीका १ जना र चितवनका १ जना

वीर अस्पताल, प्रयोगशाला — सर्लाहीका १, काठमाडौँका २ जना

त्रिवि शिक्षण अस्पताल, प्रयोगशाला काठमाडौं —काठमाडौँका १ जना र दोलखाका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला— काठमाडौँका २ जना

स्टार अस्पताल, प्रयोगशाला—काठमाडौँका ५ जना र ललितपुरका १ जना

विरेन्द्र अस्पताल, छाउनी – काठमाडौँका ३ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा प्रयोगशाला — कास्कीका ८ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरामा—स्याङ्जाका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही – रुपन्देहीका १ जना

भेरी अस्पताल प्रयोगशालामा, नेपालगन्ज —बाँकेका ८ जना, बर्दियाका १ जना दाङ्ग १ र कैलालीका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — रुपन्देहीमा १ जना

सुर्खेत प्रादेशिक अस्पताल – सुर्खेतका २ जना

दैलेख पिसिआर प्रयोगशाला — दैलेखका २ जना

चौरजहारी नगरपालिका पिसिआर, प्रयोगशाला — रुकुम पश्चिमका २ जना

सेती प्रादेशिक अस्पताल, प्रयोगशाला — अछामका ४ जना, कन्चनपुरका ८ जना, कैलालीका ३१ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ