२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई नर्ससहित प्रदेश १ मा थपिए ४३ संक्रमित

दुई नर्ससहित प्रदेश १ मा थपिए ४३ संक्रमित


विराटनगर – विराटनगरस्थित कोशी अस्पतलाको दुईजना नर्ससहित प्रदेश १ मा ४३ जना नयाँ संक्रमित मंगलबार थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङमा मात्रै २० जना संक्रमित थपिएका छन् । मोरङमा देखिएको संक्रमित मध्ये १५ पुरूष र ५ जना महिला हुन् ।

विराटनगर ८ जना संक्रमण देखिएको छ । विराटनगरमा देखिएको संक्रमित मध्ये कोशी अस्पतालका स्टाफ नर्स सहित तीन जनामा संक्रमण देखिएको छ । दुई जना नर्स र एक जना सफाइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालका सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार कोशी अस्पतालमा मंगलबारसम्म संक्रमितको संख्यामा ११ पुगेको छ ।

कोशी अस्पतालका तीन कर्मचारीसहित विराटनगरमा मंगलबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

यस्तै, मंगलबार झापामा ८ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यता,  सुनसरीमा ११ पुरूष र १ महिला गरि जम्मा १२ जना, इलाममा २ पुरूष र जिल्ला नखुलेका १ जनामा कोरोना संक्रमण देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ