२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६२ सहित थप २ सय ५९ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ६२ सहित थप २ सय ५९ जनामा कोरोना पुष्टि


काठमाडौं— काठमाडौं उपत्यकामा ६२ सहित थप २ सय ५९ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा मात्रै ४८ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, ललितपुरमा १ जना र भक्तपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण पाइएको छ।

हालसम्म निको हुनेको संख्या १५ हजार २६ जना रहेको छ। पछिल्लो २४ घण्टाममा ६५ जना संक्रमित निको भएका छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ । मंगलबार २ सय ५९ कोरोनाको केस थपिएसँगै संक्रमित संख्या २१ हजार ९ जना
पुगेको छ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—झापाका १ जना मोरङका २ जना र सुनसरीका ९ जना

कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—झापाका ३ जना र मोरङ १० जना

प्रादेशिक प्रयोगशाला विराटनगर—धनुषाका १ जना, इलामका २ जना, झापाका ४ जना र मोरङका १० जना

गजेन्द्र नारायण सिंहअस्पताल राजविराज प्रयोगशाला —सिराहाका १ जना, सप्तरीका ७ जना

प्रादेशिक प्रयोगशाला जनकपुर —धनुषाका १२ जना, महोतरीका १५ जना, सर्लाही र सिरहाका १-१ जना,

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु— सर्लाहीका २५ जना भक्तपुरका ११, काठमाडौँका ३८ बजाङका १ जना

कृषिजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला, हेटौंडा — बाराका ६ जना, पर्षा पर्साका १ जना रौतहटका ६ जना

वीर अस्पताल, प्रयोगशाला —,धनुषाका १ जना

त्रिवि शिक्षण अस्पताल, प्रयोगशाला काठमाडौं —काठमाडौँ ५ जना, मोरङका १ जना, नुवाकोटका २ जना, रुकुम पश्चिमका १ जना, स्याङ्जाका १ जना र तनहुँका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला— भक्तपुरका १ जना र चितवनका १ जना

स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका २ जना र ललितपुरका १ जना, रुपन्देहीका १ जना र कास्कीका १ जना

बिआइडीएच ल्याब, काठमाडौँ— काठमाडौँका ३ जना

नेपाल कोरिया मैत्री अस्पताल — बाराका १ जना, भक्तपुरका १ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा — कास्कीका १, लमजुङका १ जना, पर्वतका १ जना, स्याङ्जाका ३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही – गुल्मीका ५ जना, रुपन्देहीका ६ जना

भेरी अस्पताल प्रयोगशालामा, नेपालगन्ज —बाँकेका ११, सल्यानमा २ जना

लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला, बुटवल — कपिलबस्तुका २ जना, सल्यानका १ जना र रुपन्देहीका २ जना

सेती प्रादेशिक अस्पताल, प्रयोगशाला — अछामका ११ जना र कैलालीका २२ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ