२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्ति बाल अस्पतालबाट दैनिक ४ गम्भीर बिरामी अन्य अस्पतालमा रिफर

कान्ति बाल अस्पतालबाट दैनिक ४ गम्भीर बिरामी अन्य अस्पतालमा रिफर

एक महिनाभित्र ६६ स्वास्थ्यकर्मी थप्ने तयारी


काठमाडौं—कान्ति बाल अस्पतालमा आईसीयु अभाव हुँदा दैनिक ४ जना गम्भीर बिरामी सरकारी वा निजीमा रिफर गर्नु परेको छ । अस्पतालमा हाल ५२ शैय्या आईसीयु भएपनि चार वर्षदेखि ३२ शैय्या मात्रै संचालनमा छ ।

तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा १८ शैय्याबाट बढाएर ५२ पु¥याएका थिए । अस्पतालका निर्देशक प्राध्यापक डा. कृष्ण पौडेलका अनुसार कान्तिमा भएका ५२ शैय्यामध्ये २० शैय्या हाल संचालनबिहीन अवस्थामा छन् । यस अस्पतालमा निजीमा गएर पैसा तिर्न नसक्ने कमजोर आर्थिक अवस्था भएका बच्चाको उपचार हुन्छ । ०७६ मा मात्रै कान्ति बाल अस्पतालबाट १ हजार २ सय १३ जना बच्चाले आइसीयु वेड नपाएर अन्यन्त्र भर्ना हुनु परेको छ ।

कान्ति बाल अस्पतालमा २५ शैय्याको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयु), १५ शैय्याको बालबालिका सघन उपचार कक्ष (पिआईसीयू), १० शैय्याको सर्जिकल सघन उपचार कक्ष र २ शैय्या संक्रामक बिरामीको उपचारका लागि आइलेसन कक्षका सुविधा रहनेछन् । निर्देशक डा. पौडेलकाअनुसार हाल अस्पतालमा पिआईसीयु १२ शैय्या, एनआईसीयु १२ शैय्या, र ८ शैय्याको सर्जिकल आईसीयु संचालनमा छ ।

२८ दिन भित्रका बच्चा एनआईसीयुमा राखिन्छ भने १ देखि १४ वर्षसम्मका बच्चालाई आवश्यकताअनुसारको आईसीयुमा भर्ना गर्नुपर्छ । ‘कान्ति बाल अस्पतालमा कर्मचारीको आवश्यकता पनि छ । वि.सं. २०७४ सालमा कर्मचारीको व्यवस्थापन गर्न प्रस्ताव अघि सारिएको थियो तर कर्मचारी समायोजनको काम अघि बढेकाले त्यसले कुनै छलफलको स्थान पाएन्,’ निर्देशक डा. पौडेलले भने । कर्मचारी समायोजनले कान्ति बाल अस्पतालको दरबन्दी थप नगरेपछि सेवामा समस्या परेको हो ।

नवजात शिशु महिना दिन नपुग्दै जन्मिएको अवस्थामा बढीमा ५० दिनसम्म अस्पताल बस्नुपर्छ । सबै रिपोर्ट राम्रो आएको अवस्थामा न्युनतम ५ दिनमा पनि डिस्चार्ज हुन्छ । पिआईसीयुमा औसतमा ७ दिन बस्नुपर्ने हुन्छ । कान्ति बाल अस्पतालमा कोभिड—१९ महामारीका बेला आकस्मिक सेवा लिने दैनिक ७० जना हुने गरेका छन् । त्यस्तै, ओपिडीमा पनि एक सयको संख्यामा छन् । ‘यो अवस्थामा पनि एनआईसीयु र पिआईसीयुका शैय्या अपुग भएर अन्तै पठाउनु परेको छ,’ डा. पौडेलले भने ।

निर्देशक डा पौडेलले २० जना मेडिकल अफिसर ३५ जना स्टाफनर्स १ जना वायोटेन्निकल इन्जीनियर र १० जना सहयोगी गरी ६६ जनाका लागि अर्थमन्त्रालयबाट बजेट बिनियोजन भएको छ । यो जनशक्ति थप भएपछि ५२ शय्या आइसीयु पूर्णरुपमा संचालनमा आउँने छ पौडेलले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ