२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप दुई संक्रमितको मृत्यु

थप दुई संक्रमितको मृत्यु


काठमाडौँ – थप २ संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुई संक्रमितको मृत्यु भएको जानकारी दिए। उनका अनुसार पर्सा घर भएकी १८ वर्षीया किशोरीको मृत्यु भएको छ।

मृतक कोशोरीको नारायणी अस्पतालमा स्वाब जाँच गर्दा कोभिड पुष्टि भएको थियो। झाडापखाला लागेर अस्पताल लाने क्रममा बाटोमै उनको मृत्यु भएको हो।

त्यस्तै, पर्साकै ४६ वर्षीय पुरुषको कोभिड अस्थायी अस्पतालमा बुधबार मृत्यु भएको छ। उनी मधुमेहका बिरामी रहेको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ