विराटनगर—कोशी अस्पताल विराटनगरमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर—०९ गुद्रीका ४५ वर्षीय पुरूष र रंगेली नगरपालिका—०८ का ४५ वर्षीय पुरुष रहेको कोशी अस्पतालका आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले पुष्टि गरे ।
विराटनगरका पुरूषको बुधबार दिउँसो साढे १ बजे उपचारको क्रमममा र रंगेलीका अर्का पुरुषको अस्पताल ल्याइ पु¥याउँदा मृत्यु भइसकेको डा. यादवले बताए ।
मंगलबार राति श्वास—प्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । विराटनगरका ती पुरूषलाई लिभर र सुगरको समस्या पनि रहेको डा. यादवले बताए । रंगेलीका मृतकको श्वास—प्रश्वासमा समस्या रहेकाले आफन्तले अस्पताल ल्याएका थिए । अस्पताल ल्याइ पु¥याउँदा मृत्यु भएको डा. यादवले बताए ।
मतृकहरुको बुधबार विहान १० बजे स्वाब संकलन गरिएकोमा अपरान्ह ४ बजे पोजेटिभ रिपोर्ट आएको डा. यादवले जानकारी दिए । मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका थिए ।
यो सँगै मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यसअघि विराटनगरमा सोमबार विराटनगर–०५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो । यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।