२०८२ वैशाख ३१, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुमाथि भएको आक्रमण र अभद्र व्यवहारका घटनामा ध्यानाकर्षण भएको जनाएको छ । सोमबार नियमित प्रेस विफ्रिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र स्वयंसेविकामाथि आक्रमण र अभद्र व्यवहार भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

केही दिनयता वीरगञ्ज, ललितपुर, बैतडी जिल्लामा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मीहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू माथि आक्रमण तथा अभद्र व्यवहारका घटना भएका थिए । यस्ता गतिविधि रोक्न मन्त्रालयले अनुरोध गरेको छ ।

‘बिरामीहरुको सेवामा अहोरात्र खटिएका स्वास्थ्य सेवा प्रदायकहरूमाथि गरिएको यस्ता प्रकृतिका आपराधिक घटना एवं अवाञ्चित प्रवृत्तिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घोर विरोध गर्नुका साथै सम्बन्धित स्वास्थ्य सुरक्षा ऐन बमोजिम कडाभन्दा कडा कारवाही हुनेछ,’ प्रवक्ता डा. गौतमले भने, ‘स्थितीलाई सामान्यीकरण एवं सेवा प्रदायक स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्था गर्नका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछु ।’

उनले स्वास्थ्यकर्मी सुरक्षित भएर उच्च मनोवलका साथ काम गर्ने वातावरणले कोभिड १९ सहित सम्पूर्ण स्वास्थ्य सेवा गुणस्तरीय रुपमा सञ्चालन गर्न सकिने पनि उल्लेख गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ