२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्ययसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा

यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा


योनाङ्ग चिलाउने समस्या थुप्रै किसिमका रोगहरुको लक्षण हो । जसमा महिलाको गुप्ताङ्ग र पुरुषको लिङ्ग चिलाउने समस्या देखिन्छ । यौन समस्या, छालाको संक्रमण एवम् एलर्जी जस्ता समस्या अन्र्तगत पनि योनाङ्ग चिलाउने समस्या साझा समस्याको रुपमा देखिन्छ ।

अधिकांश केसहरुमा योनाङ्ग पोल्ने पनि हुन्छ । यसबाट पनि प्रष्ट हुन्छ कि चिलाउने समस्यालाई हटाउन सकेको खण्डमा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । चिलाउने समस्याका कारण बुझ्न यसको गहन रुपमा उपचार नै गर्नुपर्ने हुन्छ । यदि तपाईमा योनाङ्ग चिलाउने समस्या छ भने यसलाई बेवास्ता गर्नुहुदैन । तपाईको आजको बेवास्ताले भोलि दिनमा झनै जोखिम बढाउन मद्दत गर्दछ । तसर्थ, यसको उपचार समयमै गराउनु पर्दछ ।

योनाङ्गको समस्याबाट कसरी छुटकारा पाउने त?

महिलाहरुले ध्यान दिनुपर्ने कुराहरुः

  • प्रत्येक पटक पिसाब गरेपछि वा आन्द्राहरुको चालपछि योनाङ्ग र मलद्धार सफा पानीले सफा गर्न । यसो गर्नाले मलद्वारबाट ब्याक्टेरियालाई योनीमा जानबाट रोक्दछ ।
  • केमिकलयुक्त साबुन वा डचको प्रयोगबाट टाढा रहने । यसो गर्नाले योनीमा हुने एसिडको असन्तुलन आउन पाउदैन ।
  •  महिलाको लागि भनेर बजारमा पाइने सुगन्धित सामाग्री(पेन्टि, साबुन, लाईनर र प्याड)को प्रयोग नगर्ने ।

पुरुषहरुले ध्यान दिनुपर्ने कुराहरुः

  •  फोरस्किन(लिङ्गको टुप्पोको भाग) एवम् लिङ्ग वरिपरिको भाग राम्ररी सफा गर्ने
  • ओसिलोले लिङ्गमा संक्रमण हुन सक्ने हुँदा लिङ्गलाई सुख्खा राख्ने । र, गर्मीमा पाउडर लगाउनाले पनि यस्तो समस्याबाट बच्न सकिन्छ ।

महिला र पुरुष दुवैले ध्यान दिनुपर्ने पक्षहरुः

  • सहज र उपयुक्त साइजको भित्रिवस्त्रको प्रयोग गर्ने । र, प्रत्येक २४ घण्टाको अन्तरालमा भित्रिवस्त्र परिवर्तन गर्ने ।
  • यौन अंगहरु सुख्खा र सफा राख्ने । माइल्ड साबुनको प्रयोग गरी राम्ररी सफा गर्न पनि सकिन्छ ।
  • पौडी खेलि सकेपछि वा नुहाएपछि राम्ररी अंगहरु पुछेर सुख्खा पार्ने
  • यदि आफ्नो पार्टनरमा यौन संक्रमण भएको शंका लागेमा असुरक्षित यौनसम्बन्ध कायम नराख्ने, र यस्ता समस्या देखेमा तुरुन्त चिकित्सकको सल्लाह लिने ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ