२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुपन्देहीमा जारी लकडाउनमा थप कडाइ

रुपन्देहीमा जारी लकडाउनमा थप कडाइ


बुटवल—रुपन्देहीमा समुदायस्तरमा संक्रमण फैलिएपछि जारी भएको लकडाउनलाई थप कडाइ गरिएको छ । जिल्ला प्रशासनले जारी गरेको जिल्ला लकडाउनमा बुधवार खुकुलो देखिएपछि बिहिबार विहानैदेखि कडाइ गरिएको हो ।

रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा, देवदहलगायतका स्थानहरुमा जनजीवनलाई कडाइ गरिएको छ । बिहिबार विहान नगर प्रहरी, नेपाल प्रहरीलगायले गस्ती गरी जनजीवनमा कडाइ गरेका छन् ।

लकडाउन उल्लंघन गर्ने जो कोहीलाई प्रचलित कानुनअनुसार कारवाही हुने गरी सूचना जारी गरिएको छ । पूर्ण लकडाउनसँगै नेपाल सरकारद्वारा जारी गरिएको जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड पूर्ण कार्यान्वयनमा कडाइ समेत भनिएको छ ।

पशुपालक कृषकहरुबाट उत्पादित दूध तथा दूग्धजन्य पदार्थ, औषधि पसलबाहेक सबै प्रकारका पसल–व्यवसाय, उद्योगधन्दा, कलकारखाना, होटल तथा रेष्टुरेन्ट, निर्माण कार्य, बैंक–वित्तीय संस्था, सहकारी संस्थाका कार्यालय बन्द रहेका छन् ।

अत्यावश्यक सेवा सञ्चालनका लागि प्रयोग गरिने सवारी साधन एम्बुलेन्स, बारुण यन्त्र, शव बाहन, औषधि, एग्रोभेट, सञ्चार, पेट्रोलियम पदार्थ, खानेपानी, विद्युत, सरसफाइ, दूधका ट्यांकर, पशुपंक्षीको दानाका गाडी भने संचालनमा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ