२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबुटवलमा कोभिड—१९ का बिरामीले आईसीयु भरियो, गम्भीर बिरामी आए के गर्ने ?

बुटवलमा कोभिड—१९ का बिरामीले आईसीयु भरियो, गम्भीर बिरामी आए के गर्ने ?


बुटवल—प्रदेश ५ कै पूरानो र ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल धागो कारखानामा आईसीयु कक्ष भरिएको छ । बिरामी बढेसँगै जम्मा १६ वटा आईसीयु बेडको क्षमता रहेको कोरोना आइसोलेसन शाखामा अब कोभिड—१९ को गम्भीर बिरामी आएमा आईसीयु अभाव हुने देखिएको छ ।

कोभिड—१९ का लक्षणसहितका बिरामी बढ्दै गएपछि अन्य बेडसमेत अभाव हुने देखिएको छ । संक्रमण समुदायस्तरमा फैलिँदै गएपछि अवस्था जटिल हुन सक्ने चिकित्सकहरु बताउँदै आएका छन् । जुनसुकै उमेर समूहका बिरामीमा पनि कोभिड—१९ का लक्षण देखिन थालेका कारण सचेत हुनुपर्नेमा विज्ञहरुको जोड छ । यस्तै, अवस्था रहे बिरामीले बेड पाउन नसक्ने भयावहको अवस्था सिर्जना हुने भन्दै सरोकारवालाहरुले सचेत गराएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना शाखाको आईसीयु सुविधासहितका १६ वटा बेड छन् । ती सबै बेड बिरामीले भरिएका छन् । अब थप भएमा के गर्ने भन्नेमा अस्पताल प्रशासन चिन्तित रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । ‘स्थिति संवेदनशील छ है,’ सचेत बनाउँदै उनी भन्छन्, ‘एक्टीभ केश थपिँदै गए जनशक्ति र पूर्वाधारले धान्न सक्दैन् । भने जस्तो सजिलो कहाँ छ र ।’

कोरोना आइसोलेसन शाखा धागो कारखानामा ३७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । जसमध्ये १६ जना आईसीयुमा छन् । ‘आईसीयुसहितको बेड १६ वटा हुन् । अहिले खाली नभएको अवस्था छ,’ उनले भने । शाखामा २१ जनालाई जनरल बेडमा राखेर उपचार गरिएको छ । जनरल बेड १५ वटा खाली छन् ।

कोरोना आइसोलेसन शाखामा भेन्टिलेटर भने जम्मा ४ वटा छन् । शनिबारसम्मको तथ्यांकअनुसार भेन्टिलेटरको सहयोगमा २ जनाको उपचार भैरहेको छ भने ८ जना हाई फ्लो अक्सिजन सपोर्टमा छन् ।

‘भेन्टिलेटरमा हुनुभएका जटिल नै भन्नुपर्छ, आईसीयुका सबै सख्त अवस्थाका केस हुन’, हेल्थ आवजसँग मेसु डा. खनालले भने, ‘अक्सिजन सपोर्ट चाहिने अप्ठयारै केस हुन । यी केशहरु निरन्तर मनिटरिङमा राख्नुपर्ने हुन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ