२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई डाक्टरले नै दिए प्लाज्मा

कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई डाक्टरले नै दिए प्लाज्मा


बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना आइसोलेशन शाखा बुटवलमा उपचाररत एक महिलालाई प्लाज्मा थेरापी विधीबाट उपचार सुरु गरिएको छ । जसका लागि आवश्यक प्लाज्मा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा. साजन श्रेष्ठले दिएका छन् ।

उनी केही समयअघि कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

हाल भेन्टिलेटरको सहायतामा उपचार भैरहेकी बुटवलकी ७० वर्षीय कोरोना संक्रमित महिलालाई प्लाज्मा दिइएको हो ।

‘पहिलो पटक प्लाज्मा थेरापी सुरु गरेका छौं । त्यसमा पनि हाम्रै सहकर्मी डाक्टरबाट प्लाज्मा लिएर । हेरौँ नतिजा के आउँछ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले भने, ‘रिजल्ट पोजेटिभ आए प्लाज्मा थेरापी आवश्यक पर्ने अन्य बिरामीहरुमा पनि यो विधी अवलम्बन गर्नेछौं ।’

महिलाको अवस्था भने जटिल रहेको उनको भनाइ छ । ‘प्लाज्मा थेरापीबाट पोजेटिभ नतिजाको आशा गरेका छौं,’ उनले भने ।

कोरोना संक्रमणको कुनै औषधि पत्ता लागि नसकेकाले प्लाज्मा थेरापी पनि आशा गर्न सकिने विधि भएको चिकित्सकहरु बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ