२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुपन्देहीमा लकडाउन अवधि भदौं २० गतेसम्मका लागि थप

रुपन्देहीमा लकडाउन अवधि भदौं २० गतेसम्मका लागि थप


बुटवल—रुपन्देहीमा लकडाउन अवधि भदौ २० गतेसम्मका लागि थप गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको र जोखिम अझै पनि कम नभएको भन्दै रुपन्देहीमा २० गतेसम्म लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए ।

आइतबार बसेको जिल्लास्तरीय कोभिड—१९ व्यवस्थापन केन्द्रको बैठकले पनि जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रशासनले जिल्लाभर लागु हुने गरी भदौ २ गतेदेखि ७ गतेसम्म पहिलो चरणमा लाकडाउन गरिएको थियो । संक्रमितको संख्या बढ्दैं गएको निष्कर्षसहित भदौं १४ गते राति १२ बजेसम्मका लागि लकडाउन थप गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ