२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाबाट नेपालमा पहिलो स्वास्थ्यकर्मीको मृत्यु

कोरोनाबाट नेपालमा पहिलो स्वास्थ्यकर्मीको मृत्यु


काठमाडौं—नेपालका कोरोना भाइरस (कोभिड—१९) बाट पहिलो स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । १२ भदौंमा महोत्तरीको मनरा सिसवा—४ का अन्दाजी ४० वर्षीय हेल्थ असिस्टेन्ट (एचए) को उपचारका लागि काठमाडौं ल्याइदैं गर्दा बाटैंमा मृत्यु भएको हो ।

महोत्तरीमै प्राइभेट प्रायक्टिस गरिरहेका उनी ७ भदौंमा बिरामी परेका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं ल्याइँदैं गर्दा बाटैंमा मृत्यु भएको मृतकका आफन्त सुरेश सहनीले बताए ।

‘उहाँ गत आइतबार बिरामी पर्नुभएको थियो,’ सुरेशले भने, ‘१२ गते उहाँलाई उपचारका लागि काठमाडौं ल्याउँदैं गर्दा भकुण्डेबेसीतिर पुग्दा बाटोमा बित्नुभएको हो ।’

मृत्यु भएपछि उनलाई ललितपुरस्थित बयोधा हस्पिटल ल्याइएको थियो । बयोधामा उनको स्वाब लिएर कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । ती स्वास्थ्यकर्मीमा डायबटिज र स्टोनको समस्या रहेको उनका आफन्त सुरेशले बताए ।

मृत्युपछि कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीका प्रमुख नरेन्द्रप्रसाद चौधरीले बताए । उनले भने, ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा प्रायक्टिस गर्नुहुन्थ्यो । गम्भीर बिरामी भएपछि उपचारका लागि काठमाडौं लादैं गर्दा बाटैमा मृत्यु भएछ । मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आयो ।’

नेपालमा अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मीको कोरोनाबाट मृत्यु भएको रेकर्ड सरकारसँग नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए । ‘अहिलेसम्म हाम्रो रेकर्डमा स्वास्थ्यकर्मी मृत्यु कोभिड—१९ का कारण भएको छैन्,’ उनले भने, ‘यदि यो हो भने नेपालमा कोभिड—१९ कारण स्वास्थ्यकर्मीको मृत्यु भएको पहिलो रेकर्ड हुन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ