२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रस्तावित कार्यविधीमा विभेद गरिएको भन्दैं स्वास्थ्यकर्मी असन्तुष्ट

प्रस्तावित कार्यविधीमा विभेद गरिएको भन्दैं स्वास्थ्यकर्मी असन्तुष्ट


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९ हजार स्वास्थ्यकर्मीलाई पाखा लगाएर प्रस्तावित कार्यविधि बनाएको स्वास्थ्यकर्मी असन्तुट बनेका छन् । नर्सिङ क्षेत्रका विभिन्न संघ संगठनले सरकारले बनाएको उक्त कार्यविधि विभेदकारी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै ‘एक चिकित्सक/स्वास्थ्यकर्मी—एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको थियो । उक्त कार्यविधि मन्त्रिपरिषदले पास गरेपछि लागु हुनेछ ।

उक्त कार्यविधिले चिकित्सकले हाल पाइरहेको तलब भत्ताको सात गुणासम्म वृद्धि गर्ने उल्लेख गरेको छ । तर, २४ घण्टा बिरामीको सेवामा खटिएका नर्स, पारामेडिक्स, ल्याव, पब्लिक हेल्थका ४० प्रतिशत मात्र भत्ताको व्यवस्था छ । अहिले देशमा चिकित्सकबाहेक अन्य २९ हजार स्वास्थ्यकर्मी छन् ।

सरकारी चिकित्सकलाई निजी अस्पतालमा प्राक्टिस नगरेबापत तलबको २०० प्रतिशतदेखि ३५० प्रतिशतसम्म ननप्राक्टिस भत्ता दिइनेछ । त्यसैगरी, शतप्रतिशत अध्यापन भत्ताको पनि उनीहरू दाबेदार हुनेछन् । विशेषज्ञ डाक्टरहरूले उपत्यकामा शतप्रतिशत र उपत्यकाबाहिर १५० प्रतिशत भत्ता पाउनेछन् । सबै चिकित्सकले १२.५ प्रतिशत पेशागत जोखिम भत्ता पनि पाउनेछन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर करिब १९ सय चिकित्सकको दरबन्दी रहेको छ । जसमा १२ सयको संख्यामा मात्रै कार्यरत छन् ।

तर, ठूलो संख्यामा कार्यरत अन्य स्वास्थ्यकर्मीका बारेमा गम्भीर नहुनु दुःखको कुरा भएको नर्सहरुले बताएका छन् । सरकारले ल्याएको कार्यविधिले चिकित्सकबाहेकका स्वास्थ्यकर्मीको मनोबल झन कमजोर भएको नर्सिङ परिषदकी सदस्य जिता बरालले बताइन् । उनले यस्तो कार्यविधिको बारेमा सबै एकजुट भएर विरोधमा उत्रनुपर्ने बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ