२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २९८ सहित ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा २९८ सहित ८९९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यका २९८ सहित थप ८९९ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं १९० जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।  भक्तपुर ४१ जना र ललितपुर ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोना जित्नेको संख्या २१ हजार ४ सय १० पुगेको छ ।

हाल नेपालमा आईसीयुमा १३२ जना उपचाररत छन् । भेन्टिलेटरमा १६ जनाको उपचार भैरहेको छ ।

गएको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । जसमध्ये महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ महिला र रुपन्देहीकी ६८ वर्षीया महिला मृत्यु भएको छ । यस्तै, पुरुषमध्ये झापा ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष, भक्तपुर ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा मृत्यु हुनेको कोरोना संक्रमितको संख्या २२८ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ